विराटनगरमा अस्पताल डुलाउँदा डुलाउँदै बिरामीको मृत्यु

अनलाइनखबर

विराटनगर

 विराटनगरमा अस्पतालले भर्ना गर्न नमान्दा उच्च रक्तचाप भएको एक बिरामीको मृत्यु भएको छ ।

आईसीयूमा भर्ना गर्नुपर्ने भन्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको बिरामी विराटनगरको न्यूरो अस्पताल र विराट नर्सिङ होमले भर्ना नलिएका हुन् ।

अन्तिममा नोबल अस्पतालमा भर्ना गरिएकी धनकुटाको महालक्ष्मी नगरपालिका ५ कि नरदेवी गुरुङलाई डेढ भण्टामै अस्पतालले मृत घोषणा ग¥यो ।

यस्तो थियो घटना

मंगलबार विहान करिब ६ बजे बेहोस भएकी गुरुङलाई आफन्तले एम्बुलेन्स खोजेर धनकुटाको क्लिनिक हुँदै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याए ।

विहान नौ बजेतिर भर्ना गरिएकी उनलाई आईसीयूमा राख्नुपर्ने र आफ्नोमा नभएको भन्दै प्रतिष्ठानले विराटनगरको न्यूरो अस्पताल रेफर गर्‍यो ।

न्यूरोको इमरेजन्सीमा केहीबेर राखेर चिकित्सकले रेफर पुर्जी हेर्दै विराट नर्सिङ होम रेफर गरे । विराटले पनि रेफर पूर्जी हेर्दै नोबल मेडिकल कलेजमा पठायो ।

प्रकाशित मिति: : 2020-04-01 15:05:30

प्रतिकृया दिनुहोस्