समाजसेवी बस्नेतले गरे खाद्यान्न सामाग्री बि‍तरण

रतुवामई नगरपालिकामा सामजसेवी बलबहादुर बस्नेतले खाद्यान्न सामाग्री वितरण गरेका छन्। नेपाल सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने कामदारलाई सहयोग प्रदान गरिएको हो।

रतुवामाई ५ घर भइ हाल बिराटनगर बसोवास गर्दे आएका  सामजसेवी बस्नेतले गरिव परिवारहरुलाई केही राहत होस् भनेर खाद्यान्न सामाग्री  वितरण गरेको बताए। बस्नेतले २५  मन चामल, २५ कार्टुन  साबुन , एक हजार पिस मास्क, जनचेतना मुलक पर्चा  र सय थान पन्जा राहात कोषमा जम्मा हुनेगरी हस्तान्तरण गरेका हुन।  खाद्यान्न तथा जिन्सीको लागत उन्नासी हजार बराबरको रहेक बस्नेतले जानकारी दिए।

कार्यक्रममा रतुवामाई नगर प्रमुख रबिन राईले  समाजसेवी बस्नेतको उच्च मुल्यांकन गर्दै निरन्तर समाजसेवा प्रतिको लगाव अत्यन्तै प्रसंसनिय रहेको बताए।  कार्यक्रममा सिता देवि खत्री (बस्नेत)  रमा अधिकारी (राई) इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझी , विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2020-04-02 00:01:27

प्रतिकृया दिनुहोस्