कोरोना भाइरसबारे सहयोग माग्ने अमेरिकी युद्धपोतका कमाण्डर यसकारण भए 'जिम्मेवारीमुक्त'

बिबिसी

काठमाडौँ

आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको सङ्क्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डरलाई अमेरिकी नौसेनाले जिम्मेवारीबाट हटाएको छ।

नौसेनाले एउटा विज्ञप्तिमार्फत् क्याप्टेन ब्रेट कोजिअरलाई जिम्मेवारीमुक्त पार्नु 'नौसेना र देशको उच्चतम हितमा रहेको' जनाएको छ। यूएसएस थियोडोर रुजवेल्टका कमाण्डरले भाइरस सङ्क्रमणको जोखिम बढेकोले जहाजमा रहेका चार हजारभन्दा बढी नौसैनिकहरूको जीवनरक्षा गर्न आफ्नो नेतृत्वलाई पत्र लेखेका थिए।

प्रकाशित मिति: : 2020-04-03 09:53:12

प्रतिकृया दिनुहोस्