अन्यौलमा प्रिमियर लिग खेलाडीको सहयोग योजना

एजेन्सी

काठमाडाै‌ं

इंग्लिस प्रिमियर लिग क्लबका कप्तानहरुबीच कोरोना भाइरसविरुद्धको अभियानका लागि आर्थिक सहयोग गर्ने सम्बन्धमा छलफल भएको छ। लिगका सबै खेलाडीलाई क्लबहरुले पारिश्रमिक कटौतिका लागि आग्रह गरेका छन्।

लिभरपुलका कप्तान जोर्डन हर्नान्डेसको अगुवाईमा भएको छलफल प्रिमियर लिग क्लबहरुले खेलाडीसँग ३० प्रतिशत पारिश्रमिक कटौतिको आग्रह गर्नु केही पूर्ण सकिएको थियो।

यो आग्रहसँगै खेलाडीहरु आफूहरु मर्कामा परेको बताएका छन्।

खेलाडीहरुबिच पारिश्रमिक पूरै लिने र त्यस मध्ये केही अंश कोरोना महामारीविरुद्धको अभियानका लागि प्रदान गर्नेबारे छलफल भइरहेको थियो। तर क्लबहरुले ३० प्रतिशत पारिश्रमिक नै कटौति गर्ने भनेपछि उनीहरुको यो योजना अन्यौलमा परेको छ।

प्रकाशित मिति: : 2020-04-04 08:04:25

प्रतिकृया दिनुहोस्