नायक पल शाहले दिए प्राविधिकलाई ५ लाख

बिएल संवाददाता

काठमाडाै‌ं

नायक पल शाहले कोरोना प्रभावित प्राविधिकहरुलाई सहयोग गर्ने घोषणा गरेका छन्। कोरोनाको महामारीबाट बच्नको लागि सरकारले नेपालभरीलाई दुईसाताको लागि लकडाउन गरेको छ।

लकडाउनकै कारण चलचित्रजन्य क्रियाकलापहरु रोकिएका छन्। चलचित्रमा दैनिक काम गरेर गुजारा चलाउने प्राविधिकहरुलाई परेको संकटप्रति ध्यान दिँदै यस्तो घोषणा गरिएको शाहले जनाएका छन्।

पलले शुक्रबार आफ्नो सामाजिक सञ्जा‍लमार्फत् आर्थिक स्थिति कमजोर भएका प्रविधिक तथा सहयोगीहरुको लागि सहयोग गर्न लागेको जानकारी दिएका हुन्।

पलले आफ्नो व्यक्तिगत तर्फबाट पाँच लाख सहयोगको घोषणा गरेका छन्। पलले आर्थिक अवस्था कमजोर भएको र चलचित्र क्षेत्रमा सकृय हरेकको साथमा आफू भएको र केही अफ्ट्यारो परे सहयोग गर्न तयार भएको उल्लेख गरेका छन्।
 

प्रकाशित मिति: : 2020-04-04 10:16:32

प्रतिकृया दिनुहोस्