राहत बाँड्न हिँडेका कलाकार चौरसिया प्रहरी नियन्त्रणमा

कलाकार कामेश्वर चौरसियासहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्साको सखुँवा पर्सौनीका अल्पसंख्यक उराव जातिलाई राहत बाँड्न पुगेका उनीहरुलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।

चौरसियाका अनुसार परोपकारी युवा सञ्जाल र भोर संस्थाले राहत सामाग्री उपलब्ध गराएको राहत सामग्री लिएर सखुँवा पर्सौनीका १९ घर अल्पसंख्यक उराव जातिलाई बितरण गर्न जान लागेका थिए। 

‘सखुँवा पर्सौनी भन्ने दुर्गम ठाउँमा राहत वितरण गर्ने उदेश्यले हामीले गाविसबाट अनुमति मागेरै हेटौंडाबाट सामान लिएर आयौं,’उनले भने, ‘त्यहाँबाट निस्केर गाउँमा पुगेर वडा अध्यक्षलाई पर्खिइरहेका थियौं। त्यहीबीच नजिकै मनुवा बजारको प्रहरी चौकीका प्रहरी जवानले हामीलाई जिल्ला प्रहरी कार्यलय पर्सामा ल्यानुभयो।’

राहत सामाग्री भएको गाडीको चाबी पनि अहिले प्रहरीले नै लिएको उनले बताएका छन्। ‘गाडीको चाबी अहिले प्रहरीसँगै छ,’उनले भने,‘बिहानको साढे ११ बजेदेखि हामी एसपी गंगा पन्तलाई कुरिरहेका छौं।’

प्रकाशित मिति: : 2020-04-04 16:41:16

प्रतिकृया दिनुहोस्