‘कुनै पनि कुरा सही र गलत हुँदैन, यो मानिसको हेर्ने दृष्टिकोणमा भर पर्छ’

कुनै समय प्रत्येक नेपालीको मनमा छाउन सफल नायक हुन् महानायक राजेश हमाल। चलचित्र चलाउनकै निम्ति भए पनि पोस्टरमा महानायकको तस्बिर राख्नु पर्थ्यो। उनीलाई सानो भए पनि भूमिका दिनै पर्थ्याे । 

उनले चलचित्रमा बोलेका संवादहरु बच्चादेखि वृद्धसम्मको मुखमुखमा झुण्डिने गर्थ्यो। कतिपयले महानायक राजेश हमाललाई हालसम्म पनि भारतका सुपरस्टार अमिताभ बच्चनँसग तुलना गर्ने गर्दछन्। 

हमाल निकै मेहेनत गर्ने कलाकारमध्येका एक हुन्। तर उनले लामो समयदेखि चलचित्रमा काम गरेका छैनन्। हमाल अहिले लक डाउनका कारण घरमै छन्। यसैबीच, हमालले सामाजिक सञ्जालमा लेखेका छन–‘कुनै पनि कुरा सही र गलत हुँदैन। यो मानिसको हेर्ने दृष्टिकोणमा भरपर्छ।’

लकडाउनका कारण घरमै रहेका हमालको तस्वीर र भिडियो दैनिक रुपमा सार्वजनिक भइरहेका पनि छन्। अहिले हमालको फुलेको दाही र जुंगाको पनि खुबै चर्चा छ। सामाजिक संजालमा सक्रिय भइरहने हमालकाे याे कुराले के अर्थ राख्छ भन्ने त उनैलाई थाहा हाेला,तर दर्शकलाई भने आफू अझै सकिएकाे छैन है भन्ने प्रमाणित गर्न केही भ्रममा पारेकाे भान हुन्छ।

प्रकाशित मिति: : 2020-04-05 13:43:05

प्रतिकृया दिनुहोस्