चीनमा २४ घण्टाभित्र कोरोनाबाट कसैको भएन मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

पछिल्लो २४ घण्टामा चीनमा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन।

समाचार एजेन्सी एएफपीका अनुसार चीनमा कोरोनाभाइरस संक्रमणका कारण कसैको मृत्यु नभएको यो पहिलो घटना हो।

यद्यपि, ३२ नयाँ संक्रमण भने देखिएको छ।

चीनमा कोरोनाभाइरको संक्रमितको संख्या अहिलेसम्म ८१ हजार ७ सय ४० रहेको छ भने ३३ सयको मृत्यु भइसकेको छ।
 
 

प्रकाशित मिति: : 2020-04-07 09:36:16

प्रतिकृया दिनुहोस्