कैलाली र कञ्चनपुरमा र्‍यापिड टेस्टका लागि खटियो टोली

कञ्चनपुर र कैलाली करेन्टाइनमा रहेका नागरिकको कोरोना भाइरस र्‍यापिड टेष्ट गर्न टोली त्यसतर्फ खटिएको छ  ।

टोली मंगलबारै हिंडेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए। 

कोरोना परीक्षण मेसिनबाट परीक्षण ढिलो हुन थालेको गुनासो आएपछि र्‍यापिड टेस्ट टोली  सुदुर पश्चिम प्रदेशमा आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोरोना र्‍यापिड टेष्टका लागितालिमप्राप्त  ६ प्राविधिकसहितको टोली सोमबार धनगढी आईपुगेको थियो।  

उनीहरुले मंगलबारबाटै करेन्टाइनमा रहेका व्यक्तिहरुको परीक्षण गर्नेछन्। 

प्रकाशित मिति: : 2020-04-07 14:18:20

प्रतिकृया दिनुहोस्