मड्रिडका खेलाडीको पारिश्रमिक कटौति हुने

बिएल संवाददाता

काठमाडाै‌ं

स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडका खेलाडी तथा प्रमुख निर्देशकहरुको पारिश्रमिकमा १० देखि २० प्रतिशत कटौति हुने भएको छ।

कोरोना भाइरस महामारीको प्रभावका कारण क्लबलाई परेको आर्थिक भारलाई कम गर्न तलब कटौति गर्न लागिएको हो ।

स्पेनमा फुटबल गतिविधि गएको मार्चदेखि अनिश्चित समयका लागि स्थगित भएको छ। कोरोनाको महामारीका कारण आपतकालीन अवस्था घोषणा भएदेखि नै स्पेनिस फुटबल स्थगित भएको हो ।

खेलाडी, प्रशिक्षक तथा कर्मचारीको संयुक्त सहमतिमा पारिश्रमिक कटौतिको निर्णय लिइएको मड्रिडले जनाएको छ ।

प्रकाशित मिति: : 2020-04-09 06:46:12

प्रतिकृया दिनुहोस्