भारतमा कोरोनाबाट मर्नेकाे संख्या १७८ पुग्याे : एकैदिन २८ काे मृत्यु, ६०५ संक्रमित

बिएल संवाददाता

नयाँदिल्ली

कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दै गएको छ। बिहीबार बिहानसम्म भारतमा मृत्यु हुनेको संख्या १७८ पुगेको छ।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै २८ जनाको ज्याए गएको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ। बुधबार बिहानसम्म भारतमा मृत्यु हुनेको संख्या १५० पुगेको थियो।

अहिलेसम्म भारतमा ५ हजार ९१६ जना कोरोना संक्रमित भएका छन्। जसमा ६०५ जना भने बुधबार मात्रै संक्रमित भएका हुन्। बुधबार बिहानसम्म कुल संक्रमितको संख्या ५ हजार ३११ थियो

भारतमा कुल संक्रमितमध्ये ५०६ जना उपचारपछि निको भएका छन्। बाँकी ५ हजार २३२ जना उपचाररत रहेका छन्।

प्रकाशित मिति: : 2020-04-09 07:54:20

प्रतिकृया दिनुहोस्