मेसीलाई इन्टर मिलानले भित्र्याउन सक्छ: अध्यक्ष स्टेभिन झाङ

एजेन्सी

काठमाडाै‌ं

बार्सिलोनाका कप्तान लिओनल मेसीको सम्झौता सकिन अझै एक वर्ष बाँकी छ। यो सिजनमा बार्सिलोनाका केहि बोर्ड सदस्यसँग सम्बन्ध बिग्रिएका कारण मेसीले सन् २०२१ पछि क्लब छाड्ने दाबी गरिएको छ।

यस्तैमा इटालियन क्लब इन्टर मिलानका पूर्व मिडफिल्डर बेनइट कोएटले इन्टर मिलानले मेसीलाई भित्र्याउन सक्ने बताएका छन्।

इन्टरबाट १९९८ मा युइएफए सुपरकप जितेका कोएटले इन्स्टाग्राम लाइभ अन्तर्वार्तामा मेसीलाई इन्टर मिलानले भित्र्याउन सक्ने बताएका हुन्।

‘इन्टरले मेसीलाई अवश्य पनि भित्र्याउन सक्छ,’ उनले भने,‘अध्यक्ष स्टेभिन झाङसँग आर्थिक हैसियत र त्यस्तो उद्देश्य पनि छ। उनी अध्यक्ष हुन् त्यसैले उनले ठूलो कुरा सोच्न सक्छन्।’

३२ वर्षीया मेसीले कोरोना भाइरसका कारण सिजनका खेल स्थगित हुनुअघि सबै प्रतियोगिता गरी २४ गोल गरेका थिए।

ला लिगाको २७ राउन्डका खेल सकिदा १९ गोल गरेका छन्। उनी ला लिगाको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्। यसअघि इन्टरका पूर्वअध्यक्ष मासिमो मोराटीले पनि ६ पटकका फिफा वर्ष खेलाडी मेसीलाई भित्र्याउनका लागि कसरत गरेका थिए।

प्रकाशित मिति: : 2020-04-09 13:01:00

प्रतिकृया दिनुहोस्