भारतमा पुन: तीन साता लकडाउन बढाउने तयारीमा प्रधानमन्त्री मोदी

बिएल संवाददाता

काठमाडाै‌ं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन साता लामो लकडाउन बढाउने बताएका छन्।

लकडाउन अवधि सकिन केही दिन बाँकी रहँदा प्रधानमन्त्री मोदीको यस्तो भनाइ आएको हो। भारतमा १४ अप्रिलसम्म लकडाउन छ। भारतले एकै पटक २१ दिनका लागि लकडाउन तोकेको थियो।

उनले विभिन्न प्रदेशका मुख्यमन्त्री र न्यायिक अधिकारीहरुसँगको कुराकानीपछि आफू लकडाउन अवधि बढाउन लागेको बताए। 

प्रधानमन्त्री मोदीले कोरोना भाइरसले ‘राष्ट्रिय आपतकाल’ सिर्जना गरेको बताउँदै थप कडा सामाजिक दूरी लागु गर्न आवश्यक रहेकोमा पनि जोड दिएका छन्।

प्रकाशित मिति: : 2020-04-10 08:21:02

प्रतिकृया दिनुहोस्