दिउँसो हिँड्न नदिएपछि मध्यरातमा घर फर्किँदै मजदुरहरु

यो मन भन्छ कहाँ जाऊ ?
कस्ले नि देला बस्‍ने ठाउँ ?
मै दु:खीको विरानो भो,
आहै ! आफ्नै घरगाउँ
हुँदा आफ्नो, न हुँदा सबै विरानो

गायक शम्भु राईले गाएको यी गीतका हरफहरु यतिबेला मजदुरी गरेर हातमुख जोड्ने मजदुरहरुसँग मेल खान्छ। उनीहरु कमाइ गरी खाने पेशा बन्द भएपछि दिनप्रतिदिन समस्यामा पर्दै गएका छन्।

बुधबार सरकारले लकडाउन घोषणा गरेको २४ दिन बितिसकेको छ।  मजदुरी गरेर आफ्नो जीविका निर्वाह गर्नेहरु लकडाउनले  समस्यामा परेपछि काम गरिरहेको स्थानबाट आफ्नो घर फर्किन बाध्‍य भइरहेका छन्।

पछिल्लो पटक सरकारले वैशाख १५ गतेसम्‍म लकडाउन थप्ने र आवतजावतमा थप कडाइ गर्ने उर्दी जारी गरेपछि मजदुरी गरेर गुजारा गर्नेहरु झन मारमा परेका छन्। उनीहरु आफू कसरी सुरक्षित घर पुग्‍न सकिन्छ भनेर उपाय खोज्दै राति आफ्नो घरको लागि हिँडेरै यात्रा गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-04-17 07:56:01

प्रतिकृया दिनुहोस्