मोरङकाे रंगेलीमा बिदेशबाट आएका सबैकाे काेराेना परीक्षण गरिदै {भिडियाे}

मोरङको रंगेली जिल्ला अस्पतालमा पनि कोरोना परीक्षण सुरु गरिएको छ।

भारतबाट आएका ३ जनालाई रंगेली अस्पतालमा रहेको क्वारेनटाइनमा  राखिएको र उनीहरुलाई कीटमार्फत परीक्षण गरिएको छ। 

साता दिन अगाडि भारतबाट आएका ६ जनालाई पहिलो चरणको परीक्षणमा हालसम्मको नतिजा नेगेटिभ आएको रंगेली अस्पतालका डाक्टर रोहिन्द्र पाण्डेले बताए।

क्वारेन्टाइन अवधिभर राखेर परीक्षण गर्दा ३ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु घर फर्किसकेका छन् भने बाँकिलाई समेत रिपोर्ट नेगेटिभ आएपछि घर फर्काएको डाक्टर पाण्डेले बताए।

शुक्रबारदेखि नगरपालिकाले सबै वडाहरुमा केही महिना अगाडि बिदेश तथा भारतबाट नेपाल आएका वडा भित्रका ८७ जनालाई परीक्षण गरिने डाक्टर पाण्डेले बताए ।
 

प्रकाशित मिति: : 2020-04-17 13:10:34

प्रतिकृया दिनुहोस्