तनावको बेला पटकपटक अनुहारमा हात किन पुग्छ ?

अनलाइनखबर

काठमाडौँ

गोपाल ढकाल

अक्सर हाम्रो हात कस्तो अवस्थामा अनुहारमा पुग्छ ? ख्याल गर्ने हो भने सजिलैसँग थाहा पाउन सकिन्छ । हामीहरू प्राय: चिन्तित वा निरास भएको बेला अनुहारमा हात राखेर झोक्राइरहेका हुन्छौँ । डराएका बेला हत्तनपत्त हातले अनुहार छोप्छौँ । रोएका बेला हात अनुहारमा नै पुगेको हुन्छ । रुँदा कि त अनुहार छोपिरहेका हुन्छौँ कि आँखा मिचिरहेका हुन्छौँ । लजाएको समयमा पनि अनायासै हाम्रो हात अनुहारमा पुगिसकेको हुन्छ। खुसी भएको बेला वा दुखद् समाचार सुन्दा हाम्रो हात मुख छोप्न पुगिसकेको हुन्छ ।

समस्याको समधान नभेटेर सोचिरहेको बेला हामी या त नाक कोट्याइरहेका हुन्छौँ। या त कान वा कपाल तानिरहेका हुन्छौँ वा हाम्रो हातका औँलाहरू ओठमा पुगिसकेका हुन्छन् । कसैको पीडामा सहानुभूति देखाउँदा वा अरुको खुसीमा सामेल हुँदा पनि  हाम्रो हात उसको गाला वा अनुहारमै पुग्ने गर्छ ।

प्रकाशित मिति: : 2020-04-19 08:04:44

प्रतिकृया दिनुहोस्