पुजा र म दिदीबहिनी हाे: नायिका कार्की

नायिका सुष्मा कार्की केही अन्तरवार्ताका कारण चर्चामा छिन् । केही दिन अगाडिको भिडियोमा उनले नायिका पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिन भन्दै दिएका अन्तरवार्ता दिएकी थिइन्।

 लकडाउनको समयमा यो भिडियो चर्चामा रहेपछि नायिका सुष्मालाई टिकटकमै दर्शकले गाली पनि गरिरहेका छन् । उनलाई एक कलाकार भएर अर्को कलाकारको सम्मान गर्न नजानेको भन्दै दर्शकले प्रतिक्रिया पनि दिएका छन् ।

सामाजिक संजालमा नकारात्मक टिप्पणी धेरै भएपछि टिकटककै माध्यमबाट सुष्माले पूजासँगको सम्बन्धलाई स्पष्ट पार्ने कोशिश गरेकी छिन्।

सुष्माले भनेकी छिन्–‘२ बर्ष अगाडिको भिडियो अहिले भाइरल गराएर  मिडियाले उचालिदिएर हामो सम्बन्ध बिगारिदिएका छन्न। पूजा र मेरो त राम्रो सम्बन्ध छ । उसले मलाई दिदी भन्छ, म उसलाई बहिनी भन्छु।’

केही समय भाइरल हुने र यसपछि हराउने भन्दै अहिले भाइरल बनाउँदा कसलाई फाइदा हुन्छ र ? भन्दै पश्न पनि गरेकी छिन् ।

प्रकाशित मिति: : 2020-04-20 13:10:16

प्रतिकृया दिनुहोस्