युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले महिला युरोपियन च्याम्पियनसिप फुटबल एक वर्षपछि सार्ने तयारी गरेको छ । सन् २०२१ मा हुने तय भएको च्याम्पियनसिप २०२२ को जुलाई ६ देखि २१ सम्म गर्ने तयारी गरेको हो।
यसका लागि युइएफएले खेलको नयाँ मिती घोषणाको तयारी गरेको छ ।
इंग्ल्याण्डमा हुने प्रतिस्पर्धा एक वर्ष पछाडि धकेलिनुमा युरोपक फुटबल (पुरुष)एक वर्ष पछाडि अर्थात सन् २०२१ र टोकियो ओलम्पिक पनि २०२१ का लागि सर्नु कारण रहेको छ ।
युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएका सबै ५५ सदस्य राष्ट्रका प्रतिनिधिको उपस्थितिमा बुधबार भएको वैठकले महिला युरो सार्ने निर्णय लिएको थियो। तर प्रतियोगिताको मिति सारिएपछि यसको नाम पनि युरो २०२१ बाट परिवर्तन गरेर युरो २०२२ बनाउने विषयमा भने निर्णय भइसकेको छैन।