के घर के अफिस के स्कुल

हतार हतार खाना
गाडीको ढिन्च्याक गाना
बाटाका अनगिन्ती कथाहरू
जामका ब्यथाहरू
चाँडै पुग्दा सधैँ पुगेको बखान
ढिला हुँदा सटिक बहाना, बयान
हाय अफलाइन जिन्दगानी
ओहो त्यो सिर्जनात्मकता
काम, कुरो,कथा
गिट्टिकुटाइ भर्सन १.०

टिरिङ टिरिङ घण्टी
घर अफिसको दूरी छुमन्तर
जिङरिङ कपाल मिलाउँदै
शरीरको माथिल्लो तल्ला सजाउँदै
कानमा इएरफुन ठुस्दै
अलिकती मुस्काउँदै, मस्किदै
जाम् भनेर जोस्सिने zoom भन्दै
मोबिल र यिनका प्रजातिमा लीन हुँदै
घरघरमा स्कुल, कलेज, अफिस खोल्दै
सुरुभो गिट्टिकुटाइ भर्सन २.०

१०-५ को जागिर
२ माइल परको अड्डा, बच्चाको स्कुल
न बन्द हुन्छ, न कुनै टाइमिङमा चल्छ
एउटै फुनको घण्टीले १०-५ को बाँध भत्कायो
२४/७ को हाजिर
न शनिवार छैन कुनै पर्व

एक कुनामा छोरोको स्कूल अर्कोमा छोरीको मन्टेसोरी
पूरै बैँक पनि यही छ्तभित्रै
रेष्टुरेन्ट, बार सबै
छैन त लमतन्न पसारो परेर सुत्ने घर
खेल्ने बच्चाहरु अनि गफ्फिने साथी
अड्डा बन्द भो घर अड्डा भो

 

प्रकाशित मिति: : 2020-04-25 11:25:00

प्रतिकृया दिनुहोस्