नेपाली युवा दिवेश अमेरिकन आइडलको भोटिङ चरणमा

नेपाली युवा दिवेश पोखरेल विश्वकै ठूलो गायन रियालिटी शो अमेरिकन आइडलमा विभिन्न चारणहरु पार गर्दै भोटिङ चरणमा प्रवेश गरेका छन्।यतिबेलासम्म आफ्नै क्षमताले आएका उनलाई अब अगाडिको यात्रा तय गर्न फ्यानको सहयोग आवश्यक पर्ने भएको छ।

 दिवेशले आफ्नो फेसबुक पेजमार्फत सबै फ्यानहरुलाई भोट गर्न अपिल गरेका छन्। साथमा उनले आफूलाई यहाँसम्म अघि बढाउन सघाउने सबैलाई धन्यवाद दिएका छन्।

अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुति दिँदै संसारभरका संगीतप्रेमीको मन जितेका दिवेशलाई जिताउन भोटिङको अभियान पनि सुरु भएको हो। उनका परिवार र साथीभाइहरुसहित नेपाली फ्यानहरुले उनका लागि भोट गर्न अपिल गरिरहेका छन्।

दिवेशका लागि भोटिङ आजदेखि खुल्ला भएको छ। आउँदो अप्रिल २९ तारिखसम्म उनलाई भोट गर्न पाइनेछ। दिवेशले फेसबुक पेजमा एउटा भिडियो सन्देश जारी गर्दै भोटिङका लागि अपिल गरेका हुन्।

एक जना ब्यक्तिले ३ फरक फरक तरिकाले ३० पटकसम्म भोट गर्न पाउने ब्यबस्था गरिएको छ। मोबाइलबाट एसएमएस पठाएर, अमेरिकन आइडलको मोबाइल एपमार्फत तथा अमेरिकन आइडलको वेबसाइटमार्फत गरी ३ तरिकाले भोट गर्न सकिनेछ।

प्रत्येक तरिकाबाट बढीमा १० भोट गर्न पाइनेछ। यसरी गर्नुहोस् भोट

प्रकाशित मिति: : 2020-04-26 15:19:34

प्रतिकृया दिनुहोस्