इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु पुनः सुरु गर्ने प्रयासले अब गति लिने भएको छ ।
सकोरोना भाइरसको महामारीका कारण रोकिएको खेललाई ‘प्रोजेक्ट रिस्टार्ट’ नाम दिएर सुचारु गर्ने प्रयासले यो हप्ता गति लिने भएको हो ।
जुलाईको अन्त्यसम्ममा लिग सक्ने तयारी रहेको छ । यसका लागि लिगका खेलहरु आउँदो जुन ८ देखि सुरु हुने अपेक्षा गरेको छ।
आर्सनल, वेष्ट ह्याम र ब्राइटनले आफ्ना प्रशिक्षण मैदान खुला गरेका छन्। खेलाडीले सोमबारदेखि व्यक्तिगत प्रशिक्षण सुरु गरेका छन् ।
प्रिमियर लिग क्लबहरुबीच आउँदो शुक्रबार भावी रणनीतिबारे छलफल हुँदैछ ।