राखी गौचनको ‘हे मन’  

चर्चित गीतकार राखी गौचनको ‘हे मन’ लिरिकल म्युजिक भिडियो युट्युव च्यानल मार्फत सार्बजनिक भएको छ । गम्भिर प्रकृतिको गीत शंकर थापा ‘स्माइल’ले गाएका हुन् । यसमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।  

डस म्युजिक युट्युब च्यानलबाट भिडियो सार्बजनिक गरिएको । भिडियोको सम्पादन देवजंग थापाले गरेका हुन् । ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा सन्तोषभक्तले ईसराज, वीपी सिंहले तबला, विश्व अधिकारीले गीतार र नगेन्द्र राईले बाँसुरीको धुन भरेका छन् । 

विशेषतः सेन्टिमेन्टल गीत, कविता सृजना गर्दै आएकी गीतकार गौचनले आजसम्म ५ दर्जन गीत लेखिसकेकी छिन् । ती मध्ये डेढ दर्जन हाराहारीमा रेकर्ड भैसकेका छन् । उनको पहिलो रेर्कडेड गीत सपनाश्रीले सन् २०१६ मा गाएको ‘म मातिएको बेला’ हो । यसमा गायक यम बरालको संगीत छ । 

विदेशमा बसे पनि उनको मन नेपालतिरै डुलिरहन्छ । अमेरिकाको क्यालिफोर्नियामा बसेर नेपाली गीतसंगीतको श्रीबृद्धिमा योगदान पुर् याउँदै आएकी गीतकार गौचनलाई शुभकामना ! 

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: : 2020-05-02 10:36:30

प्रतिकृया दिनुहोस्