नेकपा महासचिव भन्छन्– ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै छाड्नुहुन्न

अनलाइनखबर

काठमाडौं

मात्रिका पौडेल

सत्तारुढ नेकपाभित्र प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्रीबाट केपी ओलीले राजीनामा नदिए हटाउने तयारी गरिरहेका बेला महासचिव विष्णु पौडेलले दुवै पदबाट ओली नहट्ने दाबी गरेका छन् ।

पार्टीभित्रको विवादका बेला कुनै पक्षमा खुलेर नबोल्ने गरेका महासचिव पौडेल केपी ओलीलाई हटाउने तयारीको भने खुलेर विपक्षमा उभिएका छन् ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा अनलाइनखबरसँग विशेष कुराकानी गर्दै नेकपा महासचिव पौडेलले ओलीको राजीनामा माग्ने कुरा अनुचित र असान्दर्भिक भएको बताए ।

भैंसेपाटीस्थित निवासमा कुरा गर्दै उनले ‘राजनीतिक अस्थिरता र पार्टीलाई अकल्पनीय संकटमा धकेल्ने राजीनामाको प्रस्ताव’ प्रचण्ड र माधव नेपाल लगायतका नेताले फिर्ता लिने विश्वाससमेत व्यक्त गरे ।

प्रकाशित मिति: : 2020-05-02 16:40:34

प्रतिकृया दिनुहोस्