नेकपामा माउसुली फुत्कियो, पुच्छर हल्लिँदैछ !

अनलाइनखबर

काठमाडौँ

अरुण बराल

माउसुली (भित्ती) को पुच्छर चुँडिएर भुईँमा खस्यो भने केहीबेर जोडले हल्लिन थाल्छ । माउसुली फुत्किएर टाढा पुगिसकेको हुन्छ, छिनेको पुच्छरचाहिँ जिउँदैछु जस्तो गरी फिरफिर– फिरफिर गर्छ ।

अहिले सत्तारुढ नेकपाभित्रको परिदृश्य यस्तै प्रतीत हुन्छ । माउसुली फुत्किएर सुरक्षित ठाउँमा पुगिसक्यो, पुच्छरचाहिँ हल्लिन छाडेको छैन ।

सन्दर्भ हो– प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मालोचना र सांसद महेश बस्नेतहरुको गतिविधि । यो विषय हेर्दा सामान्य लाग्छ, तर त्यस्तो सामान्य होइन ।

प्रकाशित मिति: : 2020-05-05 15:05:42

प्रतिकृया दिनुहोस्