प्रहरीको मोटरसाइकल ठक्करबाट कानेपोखरीमा एक महिलाको मृत्यु

मोरङको कानेपोखरी गाउँपालिकास्थित बिहिबारे मोडमा सशस्त्र प्रहरीले चलाएको मोटरसाईकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ।

बिहिबार दिउँसो ३ बजे सशस्त्र प्रहरी जवान खगेन्द्र कार्कीले कुदाएको को २५ प ३८८९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा बेलबारी—८ कि अनिता राजवंशीको मृत्यु भएको हो।

मोटरसाईलको ठक्करबाट गम्भीर घाइते भएकी राजवंशीको उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको प्रहरी जानकारी दिएको छ।

सोही मोटरसाईकलमा सवार अनिता भण्डारी पनि घाईते भएकी छन्। सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-05-08 13:24:15

प्रतिकृया दिनुहोस्