उद्योगीको प्रश्न : कच्चा पदार्थ छैन, कारखाना कसरी चलाउनु ?

अनलाइनखबर

विराटनगर

ध्रुव भट्टराई

लकडाउनका कारण डेढ महिनादेखि ठप्प रहेका सुनसरी–मोरङ औद्योगिक कोरिडोरका केही उद्योगहरु सञ्चालनमा आउन थालेका छन् । तर, सरकारले गरेको आंशिक रुपमा उद्योग खोल्ने निर्णयबाट आफूहरु अलमलमा परेको उद्योगीहरुको गुनासो छ ।

खाद्यान्न लगायत अत्यावश्यक वस्तु तथा सेवाका उद्योग सञ्चालन गर्ने सरकारी निर्णयसँगै सुनसरी मोरङ औद्योगिक कोरिडर क्षेत्रका केही उद्योग आंशिकरुपमा सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्रमा रहेका करिब साढे ६ सय उद्योगमध्ये झण्डै १ सय उद्योग अहिले आंशिक मात्रामा सञ्चालनमा आएका छन् । तर, कच्चा पदार्थ, मजदूर र बजारको अभावमा उद्योग सञ्चालन हुन नसक्ने उद्योगीहरुको गुनासो छ ।

प्रकाशित मिति: : 2020-05-09 13:37:12

प्रतिकृया दिनुहोस्