मदिरा व्यवसायी भन्छन्- भाटभटेनीले रक्सी बेच्यो, सरकार भन्छ- समात्छौं !

अनलाइनखबर

काठमाडौँ

लकडाउनका बेला सुपरमार्केटहरुबाट मदिरा बिक्री गरिएकोे तर, साना पसलहरुलाई रोकिएको भन्दै मदिरा व्यवसायीहरुले सरकारको आलोचना गरेका छन् ।

देशभरका मदिरा व्यवसायीहरुको छाता संगठन नेपाल मदिरा व्यवसायी महासंघले सुरक्षा उपाय अपनाएर मदिरा व्यवसाय सञ्चालन गर्न दिन सरकारको वैशाख २२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।

मार्ट र सुपर मार्केटहरुमा निर्वाध मदिरा बिक्री भइरहेको, तर सरकारको पक्षपातपूर्ण नीतिका कारण सानो कारोबार गर्ने व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाको गुनासो छ ।

प्रकाशित मिति: : 2020-05-12 18:43:01

प्रतिकृया दिनुहोस्