कोरोना संक्रमितले तातोपानी पनि नपाउने आइसोलेसन वार्ड

अनलाइनखबर

काठमाडाै‌ं

कोरोना संक्रमितलाई राख्ने आइसोलेसन वार्डबारे पहिले दुईवटा प्रतिनिधिमूलक घटना हेरौं–

घटना एक : वीरगञ्जका सुरेश विडारीमा कोरोना संक्रमण पुष्टि भएपछि नारायणी अस्पताल भर्ना भएको छैठौं दिन भयो । यसअघि प्रसूति वार्ड रहेको हलमा बनाइएको आइसोलेसन वार्डमा उनीसहित ८ जनालाई राखिएको छ । सबैका लागि दुईवटा संयुक्त शौचालय छन् ।

तीमध्ये एउटामा ढोका नभएकाले बिहान पालो कुर्नुपर्छ । माग गर्दागर्दा बल्ल-बल्ल प्राप्त भएको तातोपानी तताउने भाँडो एउटै छ। अस्पताल भर्नापछि पीपीई लगाएर आएकी नर्सले औषधि छाडेर गएकोबाहेक कोही आएका छैनन्, काउन्सिलिङ समेत गरिएको छैन ।

घटना दुई : जनकपुरका वीरेन्द्र रमण प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएको चौथो दिन भयो । उनीसँगै एउटै हलमा कोरोना संक्रमित ६ जनालाई राखिएको छ । मुटुका बिरामी उनले सुरुमा त पानी समेत खान पाएनन् । धेरैतिर फोन लगाएपछि बल्लबल्ल पानी ताताउने एउटा भाँडो त आयो तर गिलास छैन । कोठामा न इन्टरनेट सुविधा छ, मनोरञ्जनका लागि टेलिभिजन । अस्पताल भर्ना भएपछि एकपटक डाक्टरले फोन गरेर केही औषधि चाहिन्छ ? भनेर सोध्नुबाहेक काउन्सिलिङ समेत भएको छैन ।

माथिका दुई प्रतिनिधिमूलक घटना मात्र हुन् । पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) का संक्रमित बढेसँगै उनीहरूको उपचारमा समस्या देखिन थालेको छ ।

प्रकाशित मिति: : 2020-05-16 13:48:01

प्रतिकृया दिनुहोस्