स्पेनमा विदेशबाट आउनेहरु क्वारेन्टाइनमा बस्न नपर्ने

बिएल संवाददाता

बार्सिलाेना

स्पेनले विदेशबाट आउनेहरु अनिवार्य रुपमा दुई हप्ते क्वारेन्टाइनमा बस्नु पर्ने नियम हटाउने भएको छ। 

हालसम्म अरु कुनै पनि देशबाट स्पेन जाने जो कोही पनि दुई हप्ता क्वारेन्टाइनमा बस्नु पर्छ।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकमा आउँदो जुलाई १ देखि क्वारेन्टाइनको नियम लागु नगर्ने सम्बन्धी निर्णय भएको हो।

यसअघि विदेशमन्त्री आरान्चा गोन्जालेज लायाले क्वारेन्टाइनको नियम जुलाईमा हटाइने बताएकी थिएन्, तर उनले मिती भने तोकेकी थिइनन्।

स्पेन सरकारले क्वारेन्टाइनको नियम हटाउने घोषणा गरेपछि विभिन्न एयरलाइन्सहरुले उडान सुरु गर्ने तयारी पनि गरेका छन्।

स्पेनमा वार्षिक रुपमा ८ करोड विदेशी पर्यटक जान्छन्। स्पेनको अर्थतन्त्रमा पर्यटनको हिस्सा १२ प्रतिशत भन्दा बढी रहेको छ।

प्रकाशित मिति: : 2020-05-26 08:08:24

प्रतिकृया दिनुहोस्