काठमाडौंले के 'मिस' गर्‍यो यी दुई महिनामा?

सेतोपाटी

काठमाडौँ

सबिना श्रेष्ठ

पाटनसँग मेरो नजिकको दोस्ती छ। संस्कृति र सम्पदाको रिर्पोटिङ मैले यहीँका मन्दिर र पोखरीबाट सुरू गरेकी थिएँ। दुई वर्षको अन्तरालमा यहाँका केही गल्ली र केही मान्छेसँग मेरो दोहोरो सम्बन्ध गाँसिएको छ।

लकडाउनमा मैले सबभन्दा बढी 'मिस' गरेको यहाँका गल्लीहरू हुन्। ती मान्छेसँगको भेटघाट हो। र, हप्तादिनमा पुग्ने रैथाने खाजाघरहरू हुन्।

लकडाउनको ५० औं दिनमा मैले घरबाट निस्केर सहर चहार्ने मौका पाएको थिएँ। पिँजडाबाट मुक्त पन्छीझैं म पाटनका तिनै गल्लीहरूमा पुगेँ।

दरबार स्क्वायरमा पहिलेजस्तो रौनक थिएन। मान्छेका स्पर्श र चहलपहल ती सम्पदाहरूले पनि 'मिस' गर्दा हुन्!

सुनसान दरबार स्क्वायर छिचोल्दै स्वठः पुग्दा 'मास्टर बाजे' सँग भेट भयो। मास्टर बाजे, अर्थात् रामप्रसाद अमात्य पाटनका मठ-मन्दिरबारे कथा सुनाउँछन्। रिपोर्टिङकै क्रममा मेरो उनीसँग चिनजान भएको थियो।

प्रकाशित मिति: : 2020-05-26 09:20:57

प्रतिकृया दिनुहोस्