शरीर कति अद्भूत छ ?

अनलाइनखबर

काठमाडौँ

हाम्रो शरीरले प्रकृतिबाट अन्न, सागपात, पानी, हावा ग्रहण गर्छ । त्यही कुरालाई शरीरले बल, उर्जा एवं शक्ति मात्र होइन बुद्धि, विवेक, कल्पनाशिलता, सिर्जनशिलतामा पनि रुपान्तरण गर्छ । यी सबै काम शरीरका भित्री यन्त्रहरुले यति चुपचाप र शान्त ढंगले गर्छ कि, न त्यसले ध्वनी पैदा गर्छ न कम्पन ।

आठ चक्र र नौ द्वार भएको मानव शरीर वास्तवमै अद्भूत र असाधरण छ । तर, हामी आफ्नै शरीरको समाथ्र्य पनि भेउ पाउन सकिरहेका हुँदैनौं । त्यसैले शरीरलाई पूर्ण रुपले उपयोग गर्नबाट वञ्चित हुन्छौं ।

भनिन्छ नि, एप्पलको आइफोनमा यति धेरै फिचर्स हुन्छ, जसको उपयोग एकदमै कम प्रयोगकर्ताले मात्र गरिरहेका हुन्छन् । अधिकांश आइफोन प्रयोगकर्ताले त्यसको फिचर्सको पूर्ण उपयोग नै गर्दैनन् । ठीक यसैगरी हाम्रो शरीरमा यति धेरै शक्ति एवं सामथ्र्य हुन्छ, जसबारे हामी स्वयम् अनभिज्ञ रहन्छौं । हाम्रा ऋषिमुनिहरुले अनेक अभ्यास, प्रयोग, खोज, अध्ययनबाट शरीरको अथाह शक्ति पत्ता लगाएका थिए । त्यसैले त उनीहरु योग, ध्यान पद्धतीको विकास गर्नेदेखि आयुर्वेदको खोज गर्न सफल भए ।

आज भौतिक विज्ञानले जुन चमत्कार गरिरहेको छ, त्यो पनि मानव शरीरकै रचना त हो ।

प्रकाशित मिति: : 2020-05-27 07:32:02

प्रतिकृया दिनुहोस्