ला लिगा: प्रत्यक्ष प्रशारण हेरिरहेका समर्थकले स्पिकरमार्फत दर्शकको आवाज सुन्न पाउने !

बिएल संवाददाता

काठमाडाै‌ं

स्पेनिस ला लिगा फुटबल आउँदो जुन ११ देखि पुनः सुरु हुने भएको छ। कोरोना भाइरसको महामारीका कारण रोकिएका खेलहरु हुने भएका हुन्।

स्पेन सरकारले खेलकुद विभागले ला लिाग र स्पेनिस सकर फेडेरेशन (आरएफइएफ)सँग लिग पुनः सुरु गर्ने सम्बन्धी सहमति भएको जनाएको छ। ला लिगाका अध्यक्ष जेभियर टेवासले बिहीबार भएको क्लबको बैठकपछि यो सिजनको बाँकी खेलहरु ११ जुनबाट शुरु भएर १९ जुलाईमा सकाउने बताएका हुन्। यो मिति अनुसार ला लिगाका बाँकी रहेका ११ राउन्डका ११० खेल ३९ दिनमा सम्पन्न हुने छ।

बन्द रंगशालामा जुन ११ मा रियल बेटिसले सेभिल्लासँग प्रतिस्पर्धा गर्ने छ। आउँदो सिजन सेप्टेम्बर १२ देखि सुरु हुने तय भएको छ।

तर त्यसलाई कोरोना भाइरसको संक्रमणको अवस्थाले प्रभावित गर्न सक्ने छ। खेलको दौरान प्रत्यक्ष प्रशारण हेरिरहेका समर्थकले स्पिकरमार्फत दर्शकको आवाज समेत सुन्न पाउनेछन्। खेलको उत्साह जारी रहोस भन्ने हेतुले दर्शकले निकालेको पुरानो आवाज सुन्न सकिने व्यवस्था गरिएको ला लिगाले जनाएको छ।

ला लिगमा २७ चरणको खेल सम्पन्न भइसकेका छन्। ला लिगामा ११ चरणका खेल बाँकी छन्। बार्सिलोना ५८ अंकसहित तालिकाको शीर्षस्थानमा छ। रियल म्याड्रिड ५६ अंक सहित दोस्रो स्थानमा छ। मालोर्का, लेगानेस र इस्पान्योल रेलिगेसन जोनमा छन्।

प्रकाशित मिति: : 2020-05-30 06:29:20

प्रतिकृया दिनुहोस्