सशस्त्र प्रहरी अस्पतालबाट २ प्रहरीसहित ११ जना कोरोना जितेर घर फर्किए

दीप सुवेदी

काठमाडाैं

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट एकैपटक ११ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् ।

शनिबार अस्पतालबाट भक्तपुर र ललितपुरका एकएक तथा काठमाडौंका ९ जना डिस्चार्ज भएका हुन्। त्यस्तै काठमाडौंको चन्द्रागिरी नगरपालिका १० की सात वर्षीया बालिकासमेत डिस्चार्ज भएकी छिन्।

यता महानगरीय प्रहरी प्रभाग कालीमाटीका दुई प्रहरीमध्ये प्रहरी नायब निरीक्षक र प्रहरी जवान पनि डिस्चार्ज भएको अस्पतालका निर्देशक डीआईजी हरिचन्द्र अधिकारीले बिएल नेपाली सेवालाई जानकारी दिए ।

अब सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा दुईजना संक्रमित उपचाररत छन्। यस अस्पतालमा २० वटा आइसीयू शैय्या र एक सय बीस शैय्याको आइसोलेसन वार्ड रहेको छ।

प्रकाशित मिति: : 2020-05-30 15:39:47

प्रतिकृया दिनुहोस्