नेपालमा कोरोना संक्रमणबाट थप एककाे मृत्यु

दुल्लु नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

शनिबार स्वाबको रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए।

कोरोना संक्रमितको शब दुल्लुस्थित क्वारेन्टाइनमै छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा आइतबारमात्र शव व्यवस्थापन गरिने प्रदेश सरकारले जनाएको छ। 

१० दिनअघि भारतको गुजरातबाट आएका उनी शनिबार बिहान एक्कासी बेहोस भएका थिए। उनी ढलेको ४ घण्टापछि मात्र स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पुगेको थियो। त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो। बिहीबार ती व्यक्तिको स्वाबको नमुना निकालेर परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो।

यो सँगै कोरोना पुष्टिसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।

प्रकाशित मिति: : 2020-05-30 20:02:59

प्रतिकृया दिनुहोस्