भोकमारी ल्याउन सक्ने सलह भारतबाट नेपाल आउने सम्भावना कति? (भिडिओ)

सेतोपाटी

काठमाडौँ

विवेक राई

फ्रिकाको सहारा मरुभूमि हुँदै भारत छिरेको सलह अर्थात 'डेजर्ट लोकस' ले अहिले त्यहाँको अन्नबालीमा ठूलो क्षति पुर्‍याइरहेको छ। सुरुमा राजस्थानमा देखापरेको यो कीरा बिहारसम्म आइपुग्ने भनिएको छ।  

यही कारण बिहार हुँदै सलह नेपाल आउन सक्ने कुराले कृषि क्षेत्रमा चिन्ता थपेको छ। सरकारले सलह नेपाल आउने सम्भावना अध्ययन गर्न प्राविधिक समिति समेत गठन गरेको छ।

फट्याङ्ग्रा प्रजातिको यो कीराले बालीमा ठूलो क्षति पुर्याउँछ। नेपाल कृषि अनुसन्धान परिषद्का किट वैज्ञानिक नरेश डाँगी भन्छन्, 'यो कीराले बालीको सबै कुरा खाएर अस्थिपञ्जर मात्र बाँकी राख्छ।'

 

प्रकाशित मिति: : 2020-05-31 14:58:52

प्रतिकृया दिनुहोस्