आइतबार नेपालमा थप २१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, कुल संक्रमित १६१५ पुग्यो

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार राति जारी गरेको सूचना अनुसार कर्णालीमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

दैलेखका २४ जना र जुम्लाका १९ जनामा कोरोना संक्रमण पुष्टिभएसँगै आइतबारमध्यरातिसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६१५ पुगेको छ।

यसअघि आइतबार दिउँसो कोरोना भाइरस सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्ट अनुसार १७१ जना थपिएर संक्रमितको संख्या १५ सय ७२ पुगेको थियो। यसमा जुम्लाका ४३ संक्रमितसहित गरेर नेपालभर आज २१४ जना थपिएका हुन्।

आइतबारको रिपोर्ट अनुसार अनुसार प्रदेश १ मा १६५, प्रदेश २ मा ६२४, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा २३, प्रदेश ५ मा ५६५, कर्णाली प्रदेशमा १६६ र सुदूरपश्चिम प्रदेशमा २७ जनासहित १६१५ जनामा संक्रमण पुष्टि भएको हो।

१३९२ आइसोलेशमा

आइतबार मध्यरातसम्म मुलुकभरमा गरी १३९२ जना आइसोलेशनमा रहेर उपचार गराइरहेका छन्।

मन्त्रालयका अनुसार प्रदेश एक मा १३५, प्रदेश २ मा ५१९, बागमति प्रदेशमा १४, गण्डकी प्रदेशमा २०, प्रदेश ५ मा ५१४, कर्णाली प्रदेशमा १६५ र सुदूरपश्चिम प्रदेशमा २० जना कोरोना संक्रमित भइ आइसोलेशनमा रहेर उपचाररत छन्।

संक्रमित जिल्ला ५७ पुग्यो

आइतबार थप चार जिल्लामा कोरोना संक्रमण थपिए सँगै ७७ मध्ये ५७ जिल्लामा कोरोना संक्रमण देखिएको छ। आइतबार बाजुरा, तनहुँ, कालिकोट र सल्यानमा नयाँ कोरोना संक्रमित फेला परेका छन्। 

 यस्तो छ प्रदेशगत विवरण 

प्रदेश

जिल्ला

संक्रिमित

प्रदेश एक

१६५

प्रदेश २

६२४

बागमती

१२

४५

गण्डकी

२३

प्रदेश ५

५६५

कर्णाली

१६६

सुदूरपश्चिम

२७

२२० निको भएर घर फर्किए

आइतबार मध्यरात सम्मको रिपोर्ट अनुसार नेपालमा अहिलेसम्म २२० जना संक्रमण मुक्त भइसकेका छन्।

यसअघि शनिबारसम्म २१९ जनाले कोरोना संक्रमित निको भएर घर फर्किएका थिए। आइतबार मात्र चितवनबाट एक जना कोरोना मुक्त भएर फर्किएकी छन्। यो सँगै आजसम्म २२० जना संक्रमण मुक्त भएर घर फर्किएका छन्। जसमध्ये १७२ जना पुरूष र ४८ जना महिला छन्।

मृत्यु हुनेको संख्या ८ पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या  पुगेको छ। मन्त्रालयका अनुसार आइतबार थप २ जनाको मृत्यु भएसँगै रोगबाट संक्रमित भइ मृत्यु हुनेको संख्या ८ पुगेको हो।

दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको थियो। यस्तै आइतबार बिहान बाजुरा जिल्ला अस्पतालमा ज्यान गुमाएकी दुई वर्षकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको हो।

प्रकाशित मिति: : 2020-06-01 00:14:18

प्रतिकृया दिनुहोस्