नेपालमा एकै दिन थपिए १६६ संक्रमित, २२० निको भए, मृतकको संख्या ८ पुग्यो (भिडियो)

आइतबारसम्म नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएको संख्या १५ सय नाघेको छ।

कोरोना भाइरस सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्ट अनुसार आइतबार एकै पटक १६६ जना थप भएसँगै कुल संक्रमितको संख्या १५ सय ६७ पुगेको हो।

मन्त्रालयका अनुसार मुलुकभरका २० वटा परीक्षण केन्द्रमा आइतबार दिउँसोसम्म गरिएको परीक्षणमा १६६ जना थपिएका हुन्।

मन्त्रालयका अनुसार अनुसार प्रदेश १ मा १६५, प्रदेश २ मा ६२४, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा २३, प्रदेश ५ मा ५६०, कर्णाली प्रदेशमा १२३ र सुदूरपश्चिम प्रदेशमा २७ जनामा संक्रमण पुष्टि भएको छ।

१३४९ आइसोलेशमा रहेको संख्या

आइतबार अपरान्ह साढे चार बजेसम्म मुलुकभरमा गरी १३४९ जना आइसोलेशनमा रहेको कोरोनाको उपचार गराइरहेका छन्।

मन्त्रालयका अनुसार प्रदेश एक मा १३५, प्रदेश २ मा ५१९, बागमति प्रदेशमा १४, गण्डकी प्रदेशमा २०, प्रदेश ५ मा ५०९, कर्णाली प्रदेशमा १२२ र सुदूरपश्चिम प्रदेशमा २० व्यक्ति कोरोना संक्रमित भइ आइसोलेशनमा रहेर उपचाररत छन्।

संक्रमित जिल्ला ५७ पुग्यो

आइतबार थप चार जिल्लामा कोरोना संक्रमण थपिए सँगै ७७ मध्ये ५७ जिल्लामा कोरोना संक्रमण देखिएको छ। आइतबार बाजुरा, तनहुँ, कालिकोट र सल्यानमा नयाँ कोरोना संक्रमित फेला परेका छन्। 

 यस्तो छ प्रदेशगत विवरण 

प्रदेश जिल्ला संक्रिमित
प्रदेश एक १६५
प्रदेश २ ६२४
बागमती १२ ४५
गण्डकी २३
प्रदेश ५ ५६०
कर्णाली १२३
सुदूरपश्चिम २७

२२० निको भएर घर फर्किए

आइतबार अपरान्ह साढे ४ बजेसम्मको रिपोर्ट अनुसार नेपालमा अहिलेसम्म २२० जना संक्रमण मुक्त भइसकेका छन्।

यसअघि शनिबारसम्म २१९ जनाले कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। आइतबार मात्र चितवनबाट एक जना कोरोना मुक्त भएर फर्किएकी छन्। यो सँगै आजसम्म २२० जना संक्रमण मुक्त भएर घर फर्किएका छन्। जसमध्ये १७२ जना पुरूष छन्।

मृत्यु हुनेको संख्या ८ पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पुगेको छ।

मन्त्रालयका अनुसार आइतबार थप २ जनाको मृत्यु भएसँगै रोगबाट संक्रमित भइ मृत्यु हुनेको संख्या ८ पुगेको हो।

शनिबार राति दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको थियो। यस्तै आइतबार बिहान बाजुरा जिल्ला अस्पतालमा ज्यान गुमाएकी दुई वर्षकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको हो।

प्रकाशित मिति: : 2020-05-31 16:29:51

प्रतिकृया दिनुहोस्