दैलेख र जुम्लामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार राति  दैलेखका २४ र जुम्लाका १९ सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

नयाँ पुष्टि भएकामध्ये २ जना जुम्लामा कार्यरत प्रहरी अधिकारीसमेत छन्। जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत ३४ र २७ वर्षका दुई जनामा प्रहरीमा पनि संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेमा जुम्लाको हिमा १ का दुई जना, हिमा ५ का ४ जना, ६ र ७ का एक जना रहेका छन्। त्यस्तै सिंजा ३ का १ ४ का तीन, ५ का दुई, र ६ का तीन जनामा पनि संक्रमण पुष्टि भएको हो।

त्यस्तै दैलेखको नारायण ५ का ८ जना नारायण २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ। त्यस्तै दैलेखकै दुल्लुका सात जनामा पनि संक्रमण पुष्टि भएको हो।

त्यस्तै सिमाडाका दुई जना सोतका एक जना सडुका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ। त्यस्तै जुकेपानी एक जना २२ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले राती १०:१५ मा जारी गरेको रिपोर्टमा उल्लेख छ।

प्रकाशित मिति: : 2020-05-31 23:28:52

प्रतिकृया दिनुहोस्