क्वारेन्टाइन घर फर्किँदै गर्दा बाटोमै मृत्यु

स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ ।

जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आएका फेदीखोला गाउँपालिका–२ का ५० वर्षीय खड्कबहादुर कार्की १४ गतेदेखि गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

गएको शुक्रबार लिइएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि अन्य दुर्इृजनासँगै आइतबार घर जाँदै गरेका कार्की अचानक बाटोमै बेहोस भएका थिए ।

कार्कीलाई राति नै गाउँपालिकाको सवारी साधनमा गण्डकी प्रदेश अस्पताल पोखरा पु¥याइएकामा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

मृत्युपश्चात सोमबार पुनः स्वाब परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ । पारिवारिक स्रोतका अनुसार कार्की उच्च रक्तचाप र मुटुको बिरामी थिए ।

प्रकाशित मिति: : 2020-06-02 08:27:04

प्रतिकृया दिनुहोस्