रौतहटमा एकैदिन ७४ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट जिल्लामा मंगलबार एकैदिन ७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। 

संक्रमितमध्ये राजपुर नगरपालिकाका २१ जना, दुर्गा भगवती गाउँपालिकाका १४ जना, राजदेवी नगपालिकाका १८ जना, परोहा नगरपलिकाका ४ जना, गौर नगरपालिकाका १३ जना, गढीमाइ नगरपालिकाका १ जना तथा यमुनामाई गाउँपालिकाका ३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए।

योसँगै रौतहटमा संक्रमितको संख्या ३०८ पुगेको छ। आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न शहरबाट आएकाहरु हुन्।
 

प्रकाशित मिति: : 2020-06-02 15:20:25

प्रतिकृया दिनुहोस्