काठमाडौं मेडिकल कलेजका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

बिएल संवाददाता

काठमाडाै‌ं

 काठमाडौं मेडिकल कलेजमा कार्यरत ४ स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

उनीहरुमध्ये २४ देखि ३२ वर्ष उमेरसम्मका ३ महिला र २८ वर्ष उमेरका एक जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन्। 

उनले उनीहरु सबै स्वास्थयकर्मी रहेको जानकारी आएको पनि बताए। 
 

प्रकाशित मिति: : 2020-06-02 16:40:51

प्रतिकृया दिनुहोस्