ग्लोबल आइएमई बैंकले प्रदेश ५ सरकारलाई दियो २५ लाख

ग्लोबल आइएमई बैंकले कोभिड –१९ विरुद्धको अभियानमा आज प्रदेश नं ५ सरकारलाई  रु २५ लाख सहयोग गरेको छ।
बैंकको प्रदेश नं ५ को कार्यालयले उक्त रकम सहयोग गरेको हो।

बैंकको प्रदेश नं ५ का नायब प्रदेश प्रमुख दिलीप डाँगीले प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। 

 बैंकको योगदानबाट भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने बैंकका भैरहवा शाखा प्रमुख प्रेमसागर अग्रहरीको भनाइ छ। 

आफ्नो स्थापनाकालदेखि विपत्तिका अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको र  आगामी दिनमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने बैंकको प्रदेश कार्यालयले जनाएको छ। उक्त बैंकले यसअघि रु एक करोड १५ लाख केन्द्र सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

प्रकाशित मिति: : 2020-06-03 21:03:07

प्रतिकृया दिनुहोस्