बाँकेमा दैनिकरूपमा बैक खुल्ला, बारअनुसार व्यवसाय सञ्चालनदेखि अनुगमन तीव्र बनाउने निर्णय

बाँकेमा लकडाउन थप व्यवस्थित र प्रभावकारी बनाई सर्वसाधारणको जनजिविकामा सहजता ल्याउन लकडाउनको मोडालिटी परिवर्तन गरिएको छ। 

बुधबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकको सुझावको आधारमा अर्को सूचना जारी नहुञ्जेलसम्मको लागि सवारी पास व्यवस्थापन, पसल  व्यवसाय सञ्चालनका सम्बन्धमा नयाँ नियमहरु निर्धारण गरिएको हो। 

जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गदै  संक्रमक रोग ऐन २०२० को उपदफा  २ बमोजिम  लकडाउनको मोडालिटी तयार गरिएको उल्लेख गरिएको छ।  

प्रशासनले जारी गरेको चार बुदेँ निर्देशन अनुसार एम्बेलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी र निलो‐कुटनीतिक नियोगका सवारी साधनको लागि कुनै पनि प्रकारको अनुमति आवश्यक छैन।  

अनुमति आवश्यक पर्ने र सम्बन्धित निकायबाट जारी गरिएको परिचय पत्र तथा कागजात हुनु पर्ने क्षेत्रहरुमा स्वास्थ्यकर्मी, औषधि व्यवसाय देखि प्रेस काउन्सिलबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मी, सवारी साधन, खाद्य स्टोर, कृषि कार्य बिउविज लगायतमा प्रयोग हुने सवारी तथा जनशक्ति र मालसामान तथा निर्माण सामग्री ओसारपोसार गर्ने सवारी साधन रहेका छन्। भने यात्रु बाहक सवारी साधन, निर्माण आयोजना सञ्चालन, अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका सरकारी निकाय र निजी व्यवसाय प्रयोग हुने सवारी साधनहरुको लागि सरोकारवाला निकायबाट अनिवार्य रुपमा रुपमा अनुमति लिनु पर्नेछ।

यसैगरि जिल्ला प्रशासन कार्यालय बाँकेले पसल, व्यवसाय खोल्ने र  वितरणको लागि समय तालिका नै तोकिदिएको छ। सोही अनुसार औषधि,दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री, मलखाद र  बिउविजन पसल प्रत्येक दिन अर्थात साता भरी नै  खुल्नेछन्। 

यस्तै आइतबार र बुधाबार मोबाइल, ईल्टोनिक्स, स्टेशनरी,पुस्तक पसल, फोटो स्टुडियो, छापाखाना फर्निचर र भाडा सञ्चालन गर्न पाइनेछ। सोमबार र विहिबार कपडा, फेन्सी,जुत्ता चप्पल, चस्मा, कस्मेटिक र गरगहना  पसल खुल्नेछन्। भने मंगलबार र  शुक्रबार अटो मोबाइल, कोल्ड स्टोर, जुस, मोटरसाइकल, साइकलर अन्य पसल मात्रै खोल्न पाइनेछ। यी सबै तोकिएको बारमा मात्रै विहान ११ देखि दिउँसो तीन बजे सम्म  मात्र खोल्न पाइने छ।  

सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायद्धारा हस्ताक्षरित सूचनामा बैकहरु सार्वजनिक विदा बाहेक सबै दिने खुला रहने, निर्माण कार्यमा सलग्न मजदुरहरु साइकलमा आवातजावत गर्ने, अत्यावश्यक काम बाहेक अटो रिक्सा, अटो र  मोटरसाइकल प्रयोगलाई नियन्त्रण गर्ने उल्लेख गरिएको छ। 

कोभिड–१९  संक्रमणबाट जोखिम घरबाट निस्कदा कम्तिमा २ मिटरको सामाजिक दुरी कायम गर्ने, मास्क  तथा सेनिटाइजर प्रयोग गर्नु पर्ने र  कालोबजारी नियन्त्रण गर्न सम्बद्ध सबै निकायबाट बजार अनुगमन कार्यलाई तिव्रता दिइने जनाइएको छ।

प्रकाशित मिति: : 2020-06-03 21:43:23

प्रतिकृया दिनुहोस्