निरोगी जीवनको तीन सूत्रः उचित आहार, विहार र विचार

अनलाइनखबर

काठमाडौँ

रोग लागेर उपचार गर्नुभन्दा निरोगी जीवन बाँच्नु उत्तम हो । निरोगी कसरी रहने त ? यसका लागि मात्र तीन वटा कुरा अपनाए पुग्छ, उचित आहार, उचित विहार र उचित विचार ।

आहार

अर्थात खानपान, विचार र दिनचर्या नै स्वस्थ्य जीवनको राज हो । खाना स्वास्थ्य, सुपाच्य र सन्तुलित हुनुपर्छ । हामी रोगी हुनुमा हाम्रो खानपान शैली खास जिम्मेवार छ। हामीले स्वादका लागि भुटेको, तारेको, मसलेदार, चिल्लो, पिरो खानेकुरामा जोड दियौं । थरीथरीका खानामा मिश्रण गर्‍यौं । कतिपय खानेकुरा आपसमा मिश्रण गर्दा त्यो विषाक्त हुन्छ । त्यससँगै स्वादका लागि मासु, मदिरा खान थाल्यौं । वास्तवमा यही खानपानले हो हाम्रो शरीरलाई जीर्ण बनाएको ।

खाना भनेको पोषणको स्रोत हो। त्यसैले शरीरलाई आवश्यक पोषणयुक्त खानेकुरा सेवन गर्नुपर्छ। खानेकुरा स्वस्थ्य र सन्तुलित हुनुपर्छ। साथै त्यसको मात्रा पनि उचित हुनुपर्छ।

प्रकाशित मिति: : 2020-06-04 07:38:30

प्रतिकृया दिनुहोस्