कोशी अस्पतालमा उपचाररत् २८ जना कोरोनामुक्त, आजै  डिस्चार्ज हुँदै

विराटनगरको कोशी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचाररत् २८ जना कोरोनामुक्त भएर डिस्चार्ज हुने भएका छन्।  रिपोर्ट नेगेटिभ आएपछि उनीहरु बिहीबार  दिउसाे डिस्चार्ज हुन लागेका हुन् । 

डिस्चार्ज हुनेहरुमा उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका एक जना छन्। उनीहरु मध्ये ६ महिला र २२ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ।

यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना र विराटनगरबाट ३० जना निको भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति: : 2020-06-04 12:54:19

प्रतिकृया दिनुहोस्