यी हुन् म्यानमारबाट आएका २६ नेपाली

म्यानमारबाट आएका सबै २६ जना नेपालीलाई नेपाली सेनाले वसुन्धाराको होल्डिङ सेन्टरमा राख्ने भएको छ।

उनीहरुलाई वसुन्धारास्थित यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राख्न लगिएको हो।

काठमाडौंमा प्रदेश नं. ३, ४ र ५ घर भएकालाई मात्र राख्ने भनिए पनि म्यानमारबाट आएकाको संख्या थोरै भएकाले सबैलाई वसुन्धारामै राख्न लागिएको हो।

म्यानमारबाट फर्किएकामध्ये वाग्मती प्रदेशका १७ जना, गण्डकी र प्रदेश एकका ४/४ जना र प्रदेशका ५ का एक जना रहेका छन् ।

सेन्टरमा उनीहरुले बढीमा एक रात बस्नुपर्नेछ।

त्यसपछि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी व्यवस्था मिलाइने भएको छ।

नेपाल आएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टाइनमा पठाउन लागिएको हो । यद्यपि, उनीहरुको स्वास्थ्य स्थितिको हरेक विवरण सेनाले राख्नेछ ।

यी हुन् म्यानमारबाट आएका २६ नेपाली

प्रकाशित मिति: : 2020-06-05 12:20:47

प्रतिकृया दिनुहोस्