मास्क नलगाइ कपाल काट्दा सान्चोले तिर्नु पर्‍याे जरिवाना

बिएल संवाददाता

काठमाडाै‌ं

जर्मन फुटबल लिगले फरवार्ड जेडन सान्चोलाई जरिवाना तिराएको छ। जर्मन क्लब बोरुसिया डर्टमुण्डकामा आवद्द सान्चोले आफ्नो घरमा मास्क नलगाइ कपाल काट्दै गरेको तस्बिर पोस्ट गरेपछि उनलाई कारवाही गरिएको हो।

जर्मनीमा कोरोना भाइरसको संक्रमण फैलिएयता सैलुनमा जाँदा मास्क अनिवार्य  लगाउनु पर्ने नियम छ। तर सान्चोले भने आफूले घरमै कपाल काटेको र घरमा बस्दा मास्क लगाउनु अनिवार्य नरहेको बताएका छन्। उनले जर्मन फुटबल लिगले आफूमाथि लगाइएको जरिवानालाई ‘व्यंग्य’ को शंज्ञा दिएका छन्।

यता सान्चोका सहयात्री म्यानुएल अकान्जीलाई पनि जर्मन लिगले जरिवाना तिराइएको छ। घरमै कपाल काटिएको भएपनि नियम उल्लंघन भएको बताएको छ। जर्मन लिगले जरिवाना तिराएपनि क्लबले उनलाई समर्थन गरेको छ।

प्रकाशित मिति: : 2020-06-06 06:36:43

प्रतिकृया दिनुहोस्