मेसी अभ्यासमा फर्किए, स्वारेज अर्को साता खेल्नसक्ने

बिएल संवाददाता

काठमाडाै‌ं

बार्सिलोनाका सुपरस्टार लियोनल मेसी  शनिबारदेखि अभ्यासका लागि क्याम्प नोउमा उपस्थित हुने भएका छन्। खुट्टामा सामान्य चोट लागेका कारण घाइते भएका उनी दुई समूहको तालिम सत्रमा सहभागी हुन सकेका थिएनन्।

मेस्सीले बुधबार र शुक्रबारकको अभ्यासलाई मैदानमा नछिरिकन निरन्तरता दिएपनि शनिबारदेखि अभ्यासका लागि मैदानमा छिर्ने भएपनि छेउछाउबाट अभ्यास गरेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन्। 

यता स्पेनी क्लब बार्सिलोनाले अर्का खेलाडी लुइस स्वारेज पनि आगामी हप्ता हुने खेलमा खेल्नसक्ने जनाएको छ।

स्वारेज घुडामा लागेको चोटका कारण गत जनवरीमा भएको शल्यक्रियापछि पहिलो पटक खेल्दै छन्।

उनले अभ्यासका क्रममा दुखाई महशुस नगरेको जनाएपछि बार्सिलोनाले खेलमा फर्काएको हो।

जारी लिगमा मेसी र स्वारेजले सबै प्रतिस्पर्धामा बार्सिलोनाका लागि कूल ३८ गोल भएका छन्। 
 
ला लिगाको दाबेदार टिम बार्सिलोनाले मध्य मार्चपछि पहिलो खेल रियल मालोर्सामा आगामी हप्ता खेल्दैछ।
  
बार्सिलोनाले रियल मेड्रिडलाई दुई अङ्कले लिड गर्दै तालिकामा अग्रता हाँसिल गरेको छ भने अझै ११ खेल हुन बाँकी छन्।

प्रकाशित मिति: : 2020-06-06 21:43:39

प्रतिकृया दिनुहोस्