नेपाल कोरोना संक्रमणको विश्व रोल नम्बर ८० : १३ को मृत्यु ३,२३५ संक्रमित

नेपाल कोरोना संक्रमित संख्याको हिसाबले विश्वको ८०औं क्रम संख्यामा पुगेको छ।

शनिबार कोरोना संक्रमितको संख्या ३२३५ पुगेपछि नेपालले कोरोना संक्रमणको विश्व क्रमसंख्यामा ठूलो छलाङ मारेको हो।  

यसैबीच नेपालमा कोरना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि १३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालेकैलाली र डोल्पामा मृत्यु भएका ईजनाको कोरोना पोजेटिव देखिएपछि मृतकको संख्या १३ पुगेको बताएका छन्। 

यसैगरी कोरोनाबाट निको हुनेको संख्या पनि बढेर ३६५ पुगेको छ। निको भएकाहरू घर पुगेर सामान्य जीवनमा फर्केको बताइएको छ। 

नेपालमा अहिले कोभिड-१९ को संक्रिय विरामी संख्या २८५७ रहेको छ। अहिलेसम्म दुईलाख २९ हजार ९१२ को कोरोना परीक्षण गरिएको छ। 

यतिको लामो बन्दाबन्दीको समय सरकारले पूर्वतयारीका लागि उपयोग गर्न सक्नुपर्थ्यो। तर, बन्दाबन्दी केही खुकुलो गर्ने बित्तिकै केही दिन यता कोरोना संक्रमित र मृतकको संख्या बढेकोले सरकारले त्यो समयको सदुपयोग गरेजस्तो देखिएको छैन। 

केही दिन यता नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। संक्रमित हुनेमा भारतबाट स्वदेश फर्केका र उनीहरूसँग सम्पर्कमा आएका नै अधिकांश रहेका छन्। 

यसैबीच भारतमा कोरोना महामारी भयावह हुने स्थितिमा पुगेको छ र यतिबेलै नेपालको दक्षिणी सीमा खुल्ला गरिएको छ। विदेशबाट नेपाली ल्याउने क्रम पनि सुरू भएको छ। तर, सरकारको तयारी भने पोख्त नभएको विशेषज्ञहरू नै बताइरहेका छन्। जे जस्तो तयारी भएको छ, त्यो पनि बढी मात्रामा प्रचारात्मक मात्र भएको भनेर सरकारको आलोचना भैरहेको छ। 

नेपालले बन्दाबन्दी जस्तो कठोर उपाय लगाएकै कारणले कोरोना संक्रमण नियन्त्रणमा रहेको विज्ञहरू बताउँछन्। बन्दाबन्दी खोल्ने बित्तिकै कोरोना संक्रमण अनियन्त्रित हुनसक्ने उनीहरूले चेतावनी दिएका छन्। तर, कोरोना अनियन्त्रित हुन सक्छ भनेर सधैंभरि बन्दाबन्दी गर्ने र विदेशमा भएका नेपालीलाई स्वदेश फर्कन नदिने कुरा पनि भएन। यतिको लामो बन्दाबन्दीको समय सरकारले पूर्वतयारीका लागि उपयोग गर्न सक्नुपर्थ्यो। तर, बन्दाबन्दी केही खुकुलो गर्ने बित्तिकै केही दिन यता कोरोना संक्रमित र मृतकको संख्या बढेकोले सरकारले त्यो समयको सदुपयोग गरेजस्तो देखिएको छैन। 

प्रकाशित मिति: : 2020-06-06 23:54:03

प्रतिकृया दिनुहोस्