कर्णालीका थप ५४ जनामा कोरोना, संक्रमितकाे संख्या ६४१ पुग्याे

कर्णालीमा आइतबार थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

नयाँ पुष्टि हुनेमा सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३/३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा विभाग प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका १, ३,४, ५, ६ र ७ का २५ जना पुरुष र एकजना महिला रहेका छन् भने कुमाख गाउँपालिका ३ का २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

यस्तै, सुर्खेतको बराहाताल गाउँपालिका १ र २ का दुई पुरुष, भेरीगंगा नगरपालिका २ का दुईजना पुरुष, वीरेन्द्रनगर नगरपालिका २ का दुई पुरुष, चौकुने गाउँपालिका ७ र ८ का दुईजना पुरुष, लेकबेसी नगरपालिका १, ३, ४ र ९ का ६ पुरुष, पञ्चपुरी नगरपालिका ३ र ९ का पाँच पुरुष र एकजना तीन वर्षीया बालिका रहेका छन्।

यता दैलेख र कालीकोटमा पनि ३/३ जनामा संक्रमण पुष्टि भएको छ। 

योसँगै कर्णालीमा संक्रमितको संख्या ६४१ पुगेको छ। जसमध्ये ७ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ। जसमा सुर्खेत, दैलेख र डोल्पामा एक/एक जना रहेका छन्। 

प्रकाशित मिति: : 2020-06-07 15:41:48

प्रतिकृया दिनुहोस्